Rule 9
स्वीकृति लिनु पर्ने

(१) ऐनको दफा ११ को उपदफा (२) बमोजिम कुनै संस्थाले सेवा  केन्द्र स्थापना गरी सञ्चालन गर्न चाहेमा स्वीकृतिको लागि अनुसूची–५ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा त्यस्तो संस्थाले नियम १० बमोजिमको मापदण्ड पूरा गरेको देखिएमा मन्त्रालयले सो संस्थालाई आवश्यक शर्त तोकी अनुसूची–६ बमोजिमको ढाँचामा सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न स्वीकृति दिनेछ ।